punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नबिल डिबेन्चर २०८५ को सूचीकरणको लागि सम्झौता

Chaupati
safha napa

नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० बीच ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ को सूचीकरणका लागि सम्झौता भएको छ।सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरे।

क्रम संख्या १ देखि २२ लाख ७ हजार १०८ सम्म अंकित तथा चुक्ता मूल्य ?। एक हजार कायम भएको कुल २२,०७,१०८ कित्ता थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको हो।बैंकले श्री हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लागि २०७८ साउन १० मा आह्वान गरी साउन ३१ मा बाँडफाँड गरेको थियो।

सूचीकृत ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ को दोश्रो बजारको कारोबार भोलि मसिर १६ देखिबाट नेप्सेमा शुरु हुनेछ। ७ वर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी मिति २०८५र०४र३० मा हुने बैंकले जनाएको छ।

साथै, नबिल बैंकको तर्फबाट यस डिबेन्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि श्री नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडसँग डिबेन्चर रजिष्ट्रार सम्झौता समेत गरिएको छ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ।

बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ। यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टि एवम आधुनिक बैंकिङ युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ।


१५ मंसिर २०७८, बुधवार १८:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु