कैलालीमा कार्यरत डिएसपी विष्टको विदाई
जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतीक विष्टको विदाई भएको छ। विगत १८ महिनादेखि प्रवक्ताको रुपमा कार्यरतको उनको सरुवा भएपछि बुधबार विदाई गरिएको हो।
जिल्लामा कार्यरत रहँदा विभिन्न कार्यमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै उनलाई पुरस्कृत समेत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले डिएसपी विष्टलाई नगद पुरस्कार प्रदान गरेका हुन्।
१५ मंसिर २०७८, बुधवार १८:१८ बजे प्रकाशित































