भीम रावलले खुलाए अध्यक्षमा उम्मेदवारी दिनुको कारण

नेकपा एमालेका नेता भीम रावलले अध्यक्षमा उम्मेदवारी दिनुको कारण सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेका छन् ।

चितवनमा भएको एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग पराजित भएका रावलले पार्टीलाई सिद्धान्त, विधि पद्धति र राष्ट्रिय हितअनुकूलको बाटोमा हिँडाउन अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्।

उनले लेखेका छन्– ‘एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिँडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।’

साथै उनले आफूलाई साथ, समर्थन र मतदान गरेर सहयोग गर्ने सबैलाई धन्यबाद प्रकट गरेका छन् ।


१५ मंसिर २०७८, बुधवार १७:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु