punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अध्यक्षमा उठ्दा एकतामा खतरा पर्छ भन्ने चिन्ता लाग्यो : राणा

Chaupati
safha napa

राप्रपा अध्यक्ष पशुपति शम्शेर जबराले एकता खतरामा पर्छ कि भन्ने डरले अध्यक्षको उम्मेदवार नबन्ने निर्णय लिएको बताएका छन् । नयाँ नेतत्व चयनका लागि राप्रपाको एकता महाधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दा राणा भने चुनावी प्रतिस्पर्धामा छैनन् ।

देशभरका नेता कार्यकर्ताले यो पटक आफूलाई जिताउने गरी तयारी गरेका छौं भनेको भएपनि आफूले अध्यक्षमा नलड्ने निर्णय गरेको उनले सुनाए । महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन राणाले भने, ‘कताकता २ वर्षअघि भएको एकता खतरामा पर्छ कि भन्ने चिन्ता लाग्यो ।’

पार्टी एकता खातरामा परे आफू अध्यक्ष भएपनि त्यसको अर्थ नहुने उनले बताए । राणाले अध्यक्षका दोवदार थापा र लिङ्देनलाई पनि अन्तिम समयसम्म सहमतिको लागि प्रयास गर्न आग्रह गरे । उनले अघि भने, कथम सहमति हुन सकेन भनेपनि चुनावी परिणामलाई सहर्ज स्वीकार गर्नुपर्छ ।’


१५ मंसिर २०७८, बुधवार १७:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु