नेकपा एकीकृत समाजबादी पनि आफ्नै पार्टी जस्तै हो : प्रचण्ड

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी पनि आफ्नै पार्टी जस्तो भएको बताएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको माग गर्दै कैलालीको भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।

माग पुरा गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष दाहालले सो माग सामान्य भएको पनि बताए । उनले आफ्नै पार्टीको मन्त्रालय नभएपनि माग पूरा गर्न गाह्रो नभएको बताए ।

‘प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोउन्नति गरी अस्पताल बनाइनु गाह्रो छैन,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालय मेरै पार्टीको नभए पनि मैरै पार्टी जस्तो एकीकृत साजवादीको हो ।’

एकीकृत समाजबादी पार्टीलाई आफूले पनि धेरै सहयोग गरेकाले स्वास्थ्य मन्त्रीलाई भनेर पनि स्वास्थ्य केन्द्र स्तरोन्नतिको काम अगाडि बढाउन सकिने बताए ।

साथै अध्यक्ष प्रचण्डले युवाहरूको स्वास्थ्य तथा सीपकोसमेत विकास होस भनेर रङ्गशाला निर्माण गर्नुका साथै भूमिहीन, सुकुम्वासीहरूको समस्या पनि चाँडै समाधान गरिने बताए ।

प्रचण्ड कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र पार्टीको कार्यक्रमका लागि बुधबार कैलाली आएका हुन् ।


८ मंसिर २०७८, बुधवार १८:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु