punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले सुदूरपश्चिम अध्यक्ष थापाले केन्द्रीय सचिवमा उम्मेदवारी दिने

Chaupati
safha napa

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले केन्द्रीय कमिटिको सचिवमा उम्मेद्धारी दिने भएका छन् । पोलिट ब्युरो सदस्य समेत रहेका एमाले नेता थापा सचिव पदका लागि उम्मेद्धारी दिने बताएका छन् ।

उनी संबिधान सभाको दोस्रो चुनावमा सदस्यमा बिजयी भएका थिए । थापाको घर बाजुराको बुढिगंगा नगरपालिका ९ बाह्रबिस हो ।

नेकपा एमालेको १०औं महाधिबेशन यहि मंसिर १० गते देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

नेता थापा २०७० सालमा भएको संबिधान सभाको निर्बाचनमा बाजुराबाट अत्याधिक मतका साथ बिजयी भएका थिए । पूर्व उद्योग मन्त्रीसमेत रहेका थापाले केन्द्रीय कमिटी सचिवको उम्मेद्धार निर्बिकल्प भएको बताएका छन् ।


६ मंसिर २०७८, सोमवार ०८:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु