punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फिफा विश्वकप २०२२ः अहिलेसम्म कुन कुन देश छनोट भए?

Chaupati
safha napa

अहिले आगामी वर्ष कतारमा हुने फिफा विश्वकपको छनोटका खेल भइरहेका छन्। यो विश्वकपका लागि केही मुलुकले आफ्नो स्थान सुरक्षित गरिसकेका छन् भने केही मुलुकले छनोटको लागि प्ले अफ खेल्नु पर्ने भएको छ। त्यस्तै केही मुलुक छनोटको बाँकी खेलको प्रतीक्षामा छन्।

अहिलेसम्म १२ मुलुकले विश्वकपमा आफ्नो स्थान बनाइसकेका छन्। अझै २० ओटा टोलीको टुङ्गो लाग्न बाँकी छ। युरोपेली छनोटको समूह चरणको खेल सकिएको छ। सोझौ छनोट हुने १० टोलीले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।

युरोपबाट सोझै छनोट हुने मुलुकमा बेल्जियम, क्रोएसिया, डेनमार्क, इंगल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, सर्बिया, स्पेन र स्वीट्जरल्याण्ड छन्। दक्षिण अमेरिकाबाट ब्राजिल विश्वकपका लागि छनोट भइसकेको छ। त्यस्तै कतारले आयोजक भएकाले उसले छनोट नखेली प्रतियोगितामा स्थान पाउनेछ।

दक्षिण अमेरिकाबाट ब्राजिल छनोट भएको छ। दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना दोस्रो स्थानमा छ। १० मुलुक सम्मिलत छनोट खेलबाट चार टोली सोझै विश्वकपका लागि छानिनेछन् भने पाँचौं टोलीले प्ले अफ खेल्नेछ।

अफ्रिका, एसिया र उत्तर अमेरिकाबाट भने विश्वकपमा छनोट हुने टोलीले अझैसम्म टुङ्गो लागेको छैन। एसियाबाट चार टोली सोझै विश्वकपमा छनोट हुनेछन्।अन्य महादेशको सुरुवाती छनोटको चरणको खेल नसकिएकाले सोझै छनोट हुने टोलीले टुङ्गो लागेपछि प्ले अफ खेल्ने टोलीको पनि टुङ्गो लाग्नेछ। युरोपबाट भने १२ टोलीले विश्वकपमा छनोटका लागि प्ले अफ खेल्नेछन्।

प्ले अफ खेल्ने युरोपेली टोलीहरुमा पोर्चुगल, स्कटल्याण्ड, इटाली, रुस, स्वीडेन, वेल्स, टर्की, पोल्याण्ड, नर्थ म्यासिडोनिया, युक्रेन, अष्ट्रिया र चेक रिपब्लिक छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा


१ मंसिर २०७८, बुधवार ०८:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु