punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

युवा संघ नेपाल धनगढीको नगर कमिटी गठन,अध्यक्षमा तामाङ

Chaupati
safha napa

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को भ्रातृ संगठन युवा संघ नेपाल धनगढी उप-महानगरपालिका कमिटी गठन गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै जोन तामाङको अध्यक्षतामा ६५ सदस्यी कमिटी गठन गरिएको हो ।

युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य एवं कैलालीका सह(इञ्चार्ज ओम बिक्रम चन्दको अध्यक्षता र केन्द्रिय कमिटी सचिव एवं केन्द्रिय कार्यालय प्रमुख नरेश गिरीको प्रमुख आतिथ्यतामा सो कमिटी घोषणा गरिएको हो । यस्तै पिपुल्स भोल्युन्टियर संयोजक योगेन्द्र नाथ र सचिबमा सुरज धामीलाई चयन गरिएको सह-इञ्चार्ज ओम बिक्रम चन्दले जानकारी दिए ।

यस्तै नगर कमिटी घोषणा कार्यक्रममा केन्द्रिय कमिटी सचिब एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष बाबुराजा श्रेष्ठ, केन्द्रिय स्थायी कमिटी सदस्य एवं कैलाली जिल्ला इञ्चार्ज राजु बम, केन्द्रिय सचिवालय सदस्य मोहन साउँद र बबि सोडारीको सहभागिता रहेको थियो ।


३० कात्तिक २०७८, मंगलवार १६:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु