punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीका किसानलाई गहुँ छर्न चटारो

Chaupati
safha napa

दसैँ तिहारजस्ता मुख्य चाडपर्व सकिएलगत्तै जिल्लाका किसानहरुलाई गहुँ छर्ने चटारो सुरु भएको छ। घरका लालाबालासहित किसान अहिले गहुँ छर्नका लागि खेतबारीमा भेटिने गरेका छन्।राष्ट्रिय जनगणना २०७८ सुरु भए पनि अहिले गणक घरमा कोही पनि मान्छे नभेटिने गरेका कारण किसानका खेतबारी गएर भए पनि तत्थ्याङ्क लिन थालेका छन्।

कात्तिक पहिलो सातादेखि मङ्सिर तेस्रो सातासम्म यहाँका किसानले गहुँ छर्ने गर्दछन्। गहुँ छर्नका लागि किसानलाई भ्याइनभ्याइ भएपछि किसान खेतमै खाना पकाएर खाने र गहुँ छर्नमै व्यक्त हुने गरेको बडिकेदार गाउँपालिका–१ की रक्षा कलेलले बताइन्।

उनले भनिन्, “चाडपर्व सकिएर किसानलाई गहुँ छर्न चटारो भएको छ, अहिले त खाना खानेसमेत फुर्सद छैन।” जिल्लामा कम्तीमा पनि २१ हजार ७०० हेक्टरमा गहुँखेती हुँदैआएको छ। सिँचाइ सुविधा अभाव, जङ्गली जनावरको प्रकोपलगायत समस्याका कारण कतिपय किसानले गहुँखेती लगाउन छाडेका छन्।

जिल्लामा कम्तीमा पनि एघार हजार हेक्टरमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ। सिँचाइ सुविधा नभएका ठाउँमा अर्थात लेकाली र पाखो जमिनमा पनि बढी गहुँखेती गरिँदै आएको केआइसिंह गाउँपालिका–५ का किसान जहरसिंह खवासले जानकारी दिए। केन्द्रका अनुसार जिल्लामा आकासे पानीको भरमा बढी गहुँखेती गरिँदै आएको छ।

गहुँको उत्पादन वृद्धि गर्ने लक्ष्यसहित कृषि ज्ञान केन्द्रले यहाँका विभिन्न ठाउँका किसानलाई निःशुल्क उन्नत जातको गहुँको मलबीउ वितरण गर्न थालेको छ। बीजवृद्धि कार्यक्रमअन्तर्गत गहुँको पकेट क्षेत्रका किसानलाई उन्नत जातको गहुँको बीउ वितरण गरिएको केन्द्रले जनाएको छ।


३० कात्तिक २०७८, मंगलवार १६:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु