आरजु राणाको वडाबाट जिल्लाकै कान्छा वडा सभापति निर्वाचित
नेपाली काँग्रेसकी नेतृ डा.आरजु राणाको निर्वाचन क्षेत्र कैलालीको धनगढी उपमहागनरपालिका वडा नम्बर ४ को वडा सभापतिमा जिल्लाकै कान्छा व्यक्ति निर्वाचित भएका छन् ।
वडा सभापतिमा सन्तोष रावल निर्वाचित भएका छन् । २५ वर्षीय रावलले प्रतिद्वन्दी अनन्तराज जोशीलाई ४४ मतले पराजित गर्दै सभापतिमा जित हात पारेका हुन् । रावलले एक सय ४९ मत प्राप्त गरेका थिए भने जोशीले एक सय पाँच मत मात्रै पाए ।
तरुण दल क्षेतीय सदस्य हुँदै रावल लोकतान्त्रिक निर्माण व्यवसायी संघ कैलालीको सहसचिवसमेत भइसकेका छन् । १३ औं महाधिवेशनमा क्रियाशील भएर राजनीतिक यात्रामा होमिएका रावल अहिले वडा सभापतिसम्म पुगेका हुन् ।
वडा सभापतिमा निर्वाचित भइसकेपछि रावलले अब काँग्रेसमा युवा र अघिल्लो पुस्तालाई जोड्न पुलको भूमिका निर्वाह गर्ने बताए ।
२९ कात्तिक २०७८, सोमवार १८:११ बजे प्रकाशित































