punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

Chaupati
safha napa

जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।नलगाड नगरपालिकाको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका-५ झुल्केडाँडामा बुधबार बिहान २ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा नलगाड नगरपालिका– ७ का ३५ वर्षीय चंकलाल बिक, वडानम्बर-५ का २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय दलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

त्यस्तै नलगाड नगरपालिका-८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सह-चालक रहेको प्रहरीले बताएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले बताए । ट्याक्टर नम्बर भने खुलेको छैन । ट्याक्टर मालिक नै चंखलालले नै ट्याक्टर चलाएको प्रहरीको भनाइ छ ।


१७ कात्तिक २०७८, बुधवार ०९:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु