बैतडीका ७८ वडामा एमालेको नयाँ नेतृत्व चयन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औं महाधिवेशन अन्र्तगत बैतडीका ७८ वडामा अधिवेशन सम्पन्न भएको छ।गत सोमबारबाट सुरु भएको अधिवेशनमा आजसम्म ७८ वडामा अधिवेशन सम्पन्न भएको हो। सबै वडामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको नेकपा एमाले बैतडीका सचिव तथा प्रदेश सभा सदस्य लीलाधर भट्टले जानकारी दिए।

६ गाउँपालिका र चार नगरपालिकाका ८४ वडामध्ये पाटन नगरपालिका–४ र ६, दशरथचन्द नगरपालिकाको–६, मेलौली नगरपालिकाको–६ र ७ र सूर्नया गाउँपालिकाको–३ मा अधिवेशन हुन बाँकी छ।

बाँकी वडामा शनिबार नयाँ नेतृत्व चयन हुने भट्टले जानकारी दिए। बैतडीका स्थानीय तहको अधिवेशन भने कात्तिक १५ गते हुने भएको छ।


१३ कात्तिक २०७८, शनिवार ०७:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु