एमाले सुदूरपश्चिमको वडा अधिवेशन शुरु
नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत एमाले सुदूरपश्चिमको वडा अधिवेशन सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लामा शुक्रबार वडा अधिवेशन सम्पन्न हुन लागेको हो।बेमौसमी वर्षाका कारण बाढी र पहिरोबाट प्रदेशका सबै जिल्ला प्रभावित बनेपछि एमालेले वडा अधिवेशन शुक्रबार र नगर अधिवेशन कात्तिक १५ गतेको समय तोकिएको हो।
एमाले प्रदेश सचिव राजेन्द्र रावलका अनुसार बाढी पहिरोले कम क्षति गरेको जिल्लाका केही वडामा भने अधिवेशन सम्पन्न भएको छ।अहिलेसम्म डडेल्धुराको एउटा वडा, अछाम, बाजुरा र दार्चुलाका केही वडामा अधिवेशन सम्पन्न भएको छ।
बाँकी जिल्लाका वडामा आज हुन लागेको हो ।ती क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको सचिव रावलले बताए। एमाले सुदूरपश्चिम प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै १२ र १५ गते अधिवेशन सम्पन्न गर्न जिल्लाका अध्यक्ष तथा प्रदेशका सदस्यहरूलाई सहजीकरणका लागि निर्देशन दिइसकेको छ ।
१२ कात्तिक २०७८, शुक्रवार १०:४९ बजे प्रकाशित












