ताेलामा ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सुनको मूल्य बढेको छ।शुक्रबारको तुलनामा आइतबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँ बढेको हो।शुक्रबार ९१ हजार ७ सय रुपैयाँ कारोबार भएकोमा आज ९२ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको हो।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ।शुक्रबार १ हजार २ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


७ कात्तिक २०७८, आइतवार १२:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु