कैलालीमा एक जनाको मृत्यु
घरमा बाढी पस्दा कैलालीमा एक जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–८ कर्मीडाँडाका ९४ वर्षीय करबिर ढोलीको बुधबार घरमा पसेको बाढीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा पानी भरिएर उनको मृत्यु भएको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए । घरमा भएको सामान र मान्छे सुरक्षित ठाउमा सार्दासार्दै उनी बाढीमा परेको जनाइएको छ ।
३ कात्तिक २०७८, बुधवार १२:३७ बजे प्रकाशित












