७२ घण्टापछि औषधिसहित थलारा पुग्यो हेलिकप्टर

७२ घण्टापछि उद्धारका लागि औषधिसहित नेपाली सेनाको हेलिकप्टर थलारा पुगेको छ। आइतबार साँझदेखिको निरन्तरको वर्षाले बझाङ जिल्लाका सबै स्थानीय तहमा क्षति भएको छ।

वर्षाका कारण थलारा गाउँपालिका वडा ४ डिक्लाका सार्की परिवारका १९ जना र पार्की परीवारका ४ जना बेपत्ता भएका छन्।

त्यस्तै, १७० घर विस्थापित भएका छन्। अहिले उनीहरू नजिकै रहेको त्रिभुवन माध्यमिक विद्यालय बसेका छन्। ७ घर पूर्ण रूपमा पुरिएका छन्।

बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि राहत सामग्री र औषधि लिएर हेलिकोप्टर घटनास्थल थलारा पुगेको डिएसपी रुपक खड्काले बताए।


३ कात्तिक २०७८, बुधवार १२:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु