मुख्यमन्त्री भट्ट बाढीपहिराे प्रभावितकाे उद्दार व्यबस्थापनमा

तीन दिनदेखिको लगातार बर्षाले सुदूरपश्चिम प्रदेश थिलथिलो भएको छ । बर्षासँगै आएको बाढी पहिरोमा परी ठूलो धन जनको क्षति ब्यहोरी रहेको र अझैपनि कतिपय स्थानीयहरु उद्दारको पर्खाईमा रहेकोले सुदूरपश्चिम प्रदेश सरकार हरसम्भब प्रयास गरिरहेको देखिन्छ ।

प्रभावित क्षेत्रको स्थलगत अबस्था बुझ्दै हिजो मंगलवार महाकालि नदी बीचमा फसेका ५ जनाको हेलिकप्टरबाट सफल उद्दार गरेको सरकारले हिजो नै आकस्मिक बैठक गरी बाढी पहिरो प्रभावितको उद्दार तथा ब्यवस्थापनमा प्रत्येक जिल्लामा तत्काल २५ लाख र प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय भएको थियो ।

हिजो अबेर रातिसम्म सुदूरपश्चिम प्रदेशका नौंवटै जिल्ला प्रशासनमार्फत अवस्था बुझ्दै उद्दार तथा रहात व्यबस्थापनमा तत्परता देखाउन निर्देशत गरिरहेका मुख्यमन्त्री त्रिलोचन भट्ट बुधवार बिहानैदेखि पुन उद्दार ब्यवस्थापनको कार्यमा जुटेका छन् ।

मुख्यमन्त्री भट्टको सचिवालयका अनुसार कर्णालीको बाढीले कैलालीको जानकी गाउँपालिकामा पुराएको क्षति र सोही गाउँमा बाढीमा फसेका तीन जनाको उद्दारकालागि बिहानै हेलिकप्टर पिरचालन भएको छ ।

मुख्यमन्त्रीका स्वकीय सचिब प्रेम कुँबर (प्रख्यात)ले भने– ‘सबैभन्दा बढी प्रभावित डोटी, बैतडीको ढुंगाड र बझाङको थलाराका पीडितहरुको उद्धारका लागि अहिले नै नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेको छ ।’ उद्दारकासाथै हिजोदेखी बन्द भएको टेलिफोन बिधुत र अन्य भौतिक संरचना सुचारुकालागि सम्बन्धित निकायसँग मुख्यमन्त्रीले बारम्वार कुरा गरिरहेको उनले बताए ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले खोज तथा उद्धार गर्नुपर्ने आवश्यक भएका अन्य ठाउँबारे जानकारी गराउन पनि अनुरोध गरेको छ ।

 


३ कात्तिक २०७८, बुधवार ०८:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु