punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा जीन एक्सपर्ट मेसिन जडान

Chaupati
safha napa

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा जीन एक्सपर्ट मेसिन जडान गरिएसँगै जिल्लामै क्षयरोग पत्ता लगाउन सकिने भएको छ। जिल्लामा उक्त जडान गरिएसँगै क्षयरोग पत्ता लगाउन बाहिर जानुपर्ने बाध्यता हटेको हो।

राष्ट्रिय क्षयरोग केन्द्र र प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका प्राविधिकको टोलीले उक्त मेसिन जडान गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए। यसअघि क्षयरोग परीक्षण गर्न बाहिर जानुपर्ने बाध्यता रहेकोमा उक्त बाध्यता हटेको भन्दै जोशीले खुशी व्यक्त गरे।

क्षयरोग पत्ता लगाउन संकलन गरिएको खकार सूक्ष्मदर्शक यन्त्रबाट हेर्ने गरिएको र यसबाट सबै कुरा थाहा हुँदैनथ्यो। उनले भने, ‘अब भने जीन एक्सपर्ट मेसिन जडान भएसँगै सबै कुरा थाहा हुन्छ।’

क्षयरोगको पहिचान तथा क्षयरोगका बिरामीका लागि प्रयोग गरिने रिफाम्पिसिन औषधिले काम गरेरनगरेको बारेमा परीक्षण गर्न उक्त मेसिनले सहयोग गर्ने जनाइएको छ।

क्षयरोगका विरामीका लागि औषधिले काम गरिरहेको भए पनि ६ महिना नियमित रूपमा औषधि खुवाउनुपर्ने र औषधिले काम नगरेको पाइएमा २० महिना औषधि खुवाउनुपर्ने हुन्छ।

 


२५ असोज २०७८, सोमवार १३:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु