दसैँ तिहार सम्बन्धी लोक देउडा गीत ‘दाइ परदेशी’ सार्वजनिक [भिडियोसहित]
दसैँ तिहार सम्बन्धी लोक देउडा गीत धगनढीमा सार्वजनिक गरिएको छ । चाँडपर्वमा भोग्नुपर्ने पीडा र बेदना समेटिएको ‘दाइ परदेशी’ गीत युट्युब च्यानल समर्पण मिडिया धनगढीबाट सार्वजनिक गरिएको हो ।
सुदूरपश्चिमका अधिकांश नागरिक रोजगारीको सिलसिलामा भारतल गायत तेस्रो मुलुकमा जाने गर्छन् । विदेशीएका अधिकांश मानिसहरु चाँडपर्व मनाउन घर आउन पाउँदैनन् । घर आउन नपाउनुका पीडा समेटिएको गीतमा भुवन दाहाल र गणेश ओझाको स्वर छ ।
वीरबहादुर बोहराको शब्दमा तयार भएको लोक देउडा गीतमा लय गोरख थापा र गणेश ओझाको आफ्नै छ । शिशिर साधकले एरेन्ज गरेको गीतको भिडियो सुरेन्द्र सङ्गमले निर्देशन गरेका हुन् ।
गीतमा चक्र बिस्ट, रितीक रोशन, डिल्लीराज ओझा र सरू रानीको अभिनय रहेको छ ।
श्रीराम फिलिम्सको दृश्य निर्माणमा तयार गरिएको गीतको छायाङ्कन एवं सम्पादन अमित विकले गरेका हुन् । गीतका निर्देशक सुरेन्द्र संगमले लोक देउडामा दसैँ सम्बन्धी तयार पारिएको यो पहिलो गीत भएको बताएका छन् ।
यस्तो छ ‘दाइ परदेशी’ गीत :
२२ असोज २०७८, शुक्रवार १७:५७ बजे प्रकाशित































