प्रतिनिधि सभा बैठक बस्दै

प्रतिनिधि सभा बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकका लागि दुई वटा सम्भावित कार्यसूची तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।

आजको  बैठकमा प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाले ’संघीय निजामति सेवा विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसैगरी, आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भै प्रतिनिधि सभामा विचाराधीन ’रेल्वे विधेयक, २०७६’ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिका लागि प्रतिनिधि सभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले नवौं अधिवेशनको सुरुदेखि नै लगातार सदनमा अवरोध गर्दै आएको छ।


२२ असोज २०७८, शुक्रवार ०९:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु