सुनको मूल्य बढ्यो
सुनको मूल्य बढेको छ।साताको पहिलो दिन छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो।
शुक्रबार ८९ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार १ हजार १ सय ४० रुपैयाँमा कारोबार भएकोमा आज १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको हो।
१७ असोज २०७८, आइतवार १२:३६ बजे प्रकाशित































