punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Chaupati
safha napa

कपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह बनेकी छन्।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारीका नेताहरुलाई खुमलटार बोलाएर नयाँ अध्यक्ष सिंहलाई बनाउने निर्णय सुनाएका हुन्।

सिंहको नाम नयाँ अध्यक्षका लागि खुमलटारबाट बन्दसत्र चलिरहेको प्रज्ञा भवन पठाइएको छ। अर्थमन्त्री समेत रहेका नेता जनार्दन शर्मानिकट सिंह क्रान्तिकारीमा पहिलो महिला अध्यक्ष पनि भएकी छन्।

गत बिहीबारदेखि राजधानीमा जारी २२ औं राष्ट्रिय सम्मेलनमा अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै सिंह नयाँ अध्यक्ष भएकी हुन्। यद्यपि यसको औपचारिक घोषणा राष्ट्रिय सम्मेलनस्थलबाट गरिनेछ।

क्रान्तिकारीको सम्मेलन नयाँ नेतृत्वको टुंगो लगाउँदै आइतवार सकिँदैछ। सिंहसहित पदाधिकारीको नाम मध्यान्ह १२ बजे हुने बन्द सत्रमा पेस हुँदैछ।

पञ्चा सिंहलाई अध्यक्ष बनाउने निर्णय पार्टी अध्यक्ष प्रचण्डले लिइसक्नु भएको छु, स्रोतले भन्यो, अन्य पदाधिकारीबारे निर्णय पनि भएको छ। मध्यान्ह १२ बजेदेखि सुरु हुने बन्द सत्रमा तीन नाम पेश हुनेछन्।


१७ असोज २०७८, आइतवार १२:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु