punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थ एवं ऊर्जामन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ। पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन्।

चिकित्सकका अनुसार पुनको शरीररमा रहेको अत्यधिक जण्डिसको मात्रा घट्दो क्रममा छ। सामान्यतः स्वस्थ्य मानिसको रगतमा हुने बिलुरूविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ। तर, पुनको रगतमा बिलुरुविनको मात्रा अन्यिन्त्रित रूपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक रेफर गरेका थिए।

‘अहिले बिलुरूविनको मात्रा घटेर २७ मा आएको छ’, उपचारमा संलग्न डा। नाथाभूत सिरिमोन्तापोनको भनाइ उद्धृत गर्दै पुन पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले भनिन्।घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन्।

उक्त औषधिले राम्रो काम गर्न थालेको उनले बताइन्। ‘नयाँ औषधिले राम्रो काम गर्न थालेको छ’, घर्तीले भनिन्, ‘नेपालबाट आउँदाको भन्दा अहिले राम्रो भएको छ। यद्यपि बान्ता भने रोकिएको छैन’, उनले भनिन्।

खाना खान अरूची हुने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ। जण्डिसको मात्रा अत्यधिक बढेसँगै उच्च ज्वरो आउनुका साथै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुमेरु अस्पताल लगिएको थियो। तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएको थियो ।

चार वर्षअघि पनि नेपालका विभिन्न अस्पताल र भारतको मेदान्त सिटी अस्पतालमा उपचार सम्भव नभएपछि अत्यन्त जटिल अवस्थामा पुनलाई एयर एम्बुलेन्समार्फत बैंकक लगिएको थियो।पुन जन्मजात जण्डिससम्बन्धी समस्याबाट पीडित छन्।


१७ असोज २०७८, आइतवार १२:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु