सेती अस्पतालमा २५ जनामा कोरोना पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५४ जनाको नमूना परिक्षण गरिएकोमा २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।
सो अवधिमा अस्पतालमा २ जना भर्ना भएका छन् । भने २ जना डिस्चार्ज भएका छन् । हाल अस्पतालमा ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ४ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।
१६ असोज २०७८, शनिवार १२:४५ बजे प्रकाशित






























