punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओलीको राजनीतिक प्रतिवेदन पेस हुँदा निदाए नेता–कार्यकर्ता

Chaupati
safha napa

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम विधान महाधिवेशन शुक्रबारदेखि गोदावरीस्थित सनराइज हलमा सुरु भएको छ । देशभरका करिब ६ हजार प्रतिनिधि सहभागी भएको विधान अधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

कतिपय नेता कार्यकर्ताले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई चासो दिएर सुुनिरहेका छन् । तर कतिपय प्रतिनिधिलाई ओलीको प्रतिवेदनमा वास्ता छैन । कतिपय प्रतिनिधि भने हलमै निदाइरहेका छन् । रुघाखोकीका कारण समस्या भएकाले ओलीले बोल्न गाह्रो भएपछि शंकर पोख्रेललाई जिम्मा दिएका छन् ।

३ दिने विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारीसहित सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीका प्रतिनिधि, संघ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघसंगठनहरूबाट चुनिएका प्रतिनिधि, पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्यहरू गरी ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

३ हजार क्षमताको हलमा ६ हजारभन्दा धेरै मान्छे अटाउने गरी व्यवस्थापन गरिएको छ । मुख्य हलमा ३ हजार, दायाँबायाँको खाली हलमा १/१ हजार, प्यासेजहरुका माथिल्लो खाली भागमा टेन्ट टाँगेर १ हजार जना अटाउने गरी हल तयार गरिएको छ ।

महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् । विधान महाधिवेशनमार्फत पार्टी संगठनलाई पुनःसंगठित गर्ने र कार्यकर्ताको मनोबल उठाउने एमालेले जनाएको छ ।


१५ असोज २०७८, शुक्रवार १७:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु