punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले विधान महाधिवेशनकाे तयारी सकियाे, देशभरबाट झन्डै ६ हजार प्रतिनिधि सहभागी हुने

Chaupati
safha napa

नेकपा एमालेको असोज १५ गते भोलि शुक्रवारदेखि सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी सकिएको छ ।

आज बिहीवार नेकपा एमाले विधान महाधिवेशन मूल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका मिडिया संयोजक खिमलाल भट्टराईले भोलि शुक्रवार १२ः१५ बजे पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने जानकारी दिए ।

उद्घाटनपछि तीन वटा प्रस्ताव पेस गर्ने र दोस्रो दिन (असोज १६ गते) समूहगत छलफल गरिने कार्यक्रम रहेको संयोजक भट्टराईले बताए । उनले विधान महाधिवेशनमा देशभरबाट झन्डै ६ हजार प्रतिनिधि सहभागी बन्ने बताए ।


१४ असोज २०७८, बिहीवार १६:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु