नवजीवन अस्पतालको प्रष्टिकरण : हर प्रयास गर्दा पनि सुत्केरीलाई बचाउन सकेनौं

धनगढीको नवजीवन अस्पतालले हर सम्भव प्रयास गर्दा पनि सुत्केरीलाई बचाउन नसकेको प्रष्टिकरण दिएको छ । शनिबार अस्पताल भर्ना भएकी डोटीको शिखर नगरपालिका ६ कि २६ बर्षिया कल्पना सिंह मल्लको उपचारको क्रममा आइतबार मृत्यु भएको थियो ।

उनको मृत्युपछि अस्पतालले एक विज्ञप्ति जारी गर्दै अस्पतालका विज्ञ टोलीले हर सम्भवन उपचार गर्दा समेत विरामीलाई बचाउन नसकेको प्रति दुःख व्यक्त गरेको छ । ३९ हप्ताको गर्भवती समेत रहेकी मल्ल सो अस्पताललमा नियमित चेकजाँच गराइरहेकी थिइन् अस्पतालले विज्ञप्तिमा भनेको छ ।

विज्ञप्तिमा असोज ९ गते बिहान १० बजे पेट दुखेर आएको विशेषज्ञ डाक्टरले जाँच गर्दा पाठेघरको मुख नरम मात्र भई एक घरमा खुलेको र त्यस पछि औषधि दिइर बाटो खुलाउने प्रयास गर्दा राती ११ बजेर ४५ बजेतिर बच्चा आउने बाटो पुरै खुलिसकेको तर आमाको बच्चा जन्माउने बल नपुगेको जनाएको छ ।

यस्तै बच्चा जन्माउने बल नपुगेपछि भ्याकुम प्रयोग गरी डेलिभरी गराएको जनाएको छ । पछि बिरामीको अत्याधिक रक्तश्राव समेत बढेको अस्पतालले विज्ञप्तीमा भनेको छ । अस्पतालले तत्कालै २ पिन्ट रगत चढाए उपचारका लागि आइसियू र लगत्तै भेन्टिलेरमा राखेर समेत उपचार गरेको जनाएको छ ।

विज्ञ टोलीको हर प्रयास गर्दा पनि बचाउन नसकेको अस्पतालले जनाएको छ । तर उनका आफन्तले डाक्टरको लापरबाहीकै कारण कल्पनाको मृत्यु भएको भन्दै आइतबार बिहान अस्पतालमा तनाव सिर्जना समेत गरेका थिए । कल्पनाले जन्म दिएको बच्चालाई भने एनआईसीयूमा राखिएको छ ।


१० असोज २०७८, आइतवार १५:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु