punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

Chaupati
safha napa

राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेस्ट प्रिमियर लिग (ईपीएल)नखेल्ने भएका छन् ।ज्ञानेन्द्र आबद्ध ललितपुर प्याट्रिओट्सले आज बिहीवार एक विज्ञप्ति निकाल्दै यो जानकारी दिएको हो । प्याट्रियट्सका कप्तानसमेत रहेका ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै ईपीएल नखेल्ने जनाएका विज्ञप्तिमा जनाइएको छ ।

‘ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत कारण यस संस्करणको ईपीएल नखेल्ने निर्णय गरेका छन्, यो निकै निराशाजनक हो’, विज्ञप्तिमा भनिएको छ ।

यसअघि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले ईपीएलबाट नाम फिर्ता लिएका थिए । साथै पाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी र बलर वसन्त रेग्मीले पनि ईपीएल खेल्ने छैनन् ।

त्रिवि मैदानमा यही असोज ९ देखि २३ गतेसम्म हुने प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


७ असोज २०७८, बिहीवार १७:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु