४२ औं सामाजिक सेवा दिवसमा सहयोग हस्तान्तरण
४२ औं सामाजिक सेवा दिवसको अवसरमा गैर सरकारी संस्था महासंघ, समाज कल्याण परिषद र अइनले संयूक्त रुपमा धनगढीस्थित आमाको माया छात्रबासलाई सहयोग हस्तान्तरण गरेको छ ।
छात्रबासलाई बुधबार हाइजिनिक किट, स्वास्थ्य सामाग्री र नगद हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरण गर्दै गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव धर्मराज पाठकले सामाजिक सेवामा लगानी लगाउने संख्या कमै रहेको बताए ।
उनले भने, ुप्रदेश सरकारले मठ मन्दिर निर्माण गर्नाको लागि धेरै बजेट विनियोजन गरिइको देखिन्छ । तर मन्दिरबाट उठेको भेटीबाट सामाजिक सेवा लगानी गरेको देखिन्न ।ु
समाज सेवाको भावना जागृत हुन आवश्यक देखिन्छ । जन्मदिनमा फजुल खर्च गर्नु भन्दा अनाथलय सहयोग गरे सामाजिक धर्म र पुण्य हुने उनले बताए ।
गैरसरकारी संस्था महासंघबाट नगद १० हजार र एक दिनको खाजा, निडसबाट ३२ पकेट हाइजिनिक किट, वल्र्ड भिजनबाट स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
सहयोग सामाग्री गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव धर्मराज पाठक, प्रदेश इन्चार्ज भवराज रेग्मी, वल्र्ड भिजनका फिल्ड निति तथा संचार प्रमुख विनय प्रकास बरालबाट आमाको माया छात्रबासबाका अध्यक्ष शारदा शाहलाई हस्तान्तरण गरिएको छ ।
गैरसरकारी संस्था महासंघका प्रदेश इन्चार्ज भवराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष देवी खनालले गरेका थिए ।
६ असोज २०७८, बुधवार १६:५१ बजे प्रकाशित












