१०७ वर्षीया दिदीबहिनी बने संसारकै जेष्ठ जिवित जुम्ल्याहा

दुई जापानी दिदीबहिनी संसारकै जेष्ठ जिवित जुम्ल्याहा वृद्धा घोषित भएका छन्। गिनिज वल्र्ड रेकर्डस्ले १०७ वर्ष ३३० दिन पुगेका दुई जुम्ल्याहा दिदीबहिनी उमेनो सुमियामा र कौमे कोदामालाई सोमबार प्रमाणपत्र दिएको छ।

सबैभन्दा बढि उमेरसम्म बाँच्ने संसारका जिवित जुम्ल्याहाको रुपमा गिनिज बुकले सो प्रमाण पत्र उपलब्ध गराएको हो। उनीहरु दुवैको जन्म पश्चिम जापानको शोडोशिमामा सन् १९१३ नोभेम्बर ५ मा भएको थियो।उनीहरुको जन्म १३ सदस्यीय परिवारमा भएको थियो।

यसअघि १०७ वर्ष १७५ दिनसम्म जिविति रहेका दुई जापानी जुम्ल्याहा दिदीबहिनी किन नारिता र जिन केनीले सो रेकर्ड बनाएका थिए। गत हप्ता जापानको स्वास्थ्य मन्त्रालयले जापानमा १०० वर्ष नाघेका करिब ८५ हजारभन्दा बढि वृद्धवृद्धाहरु रहेको तथ्यांक सार्बजनिक गरेको थियो।

गिनिज वल्ड रेकर्डले पुष्टि गरेको विश्वको सबैभन्दा वृद्ध जुम्ल्याहा दाजुभाई भने डेल मोयर तथा ग्लेन मोयर हुन्। अमेरिकाका यी जुम्ल्याहा २००० जनवरी २३ मा सबैभन्दा वृद्ध जुम्ल्याहा दाजुभाई घोषित भएका थिए।


६ असोज २०७८, बुधवार ०५:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु