सुदूरपश्चिममा ५२ सङ्क्रमित थपिए
सुदूरपश्चिममा थप ५२ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार १९ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
यस्तै मंगलवार प्रदेशभर १९ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन्।
३० भदौ २०७८, बुधवार १७:५७ बजे प्रकाशित































