punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओडीआईमा आशिफको पहिलो अर्धशतक!

Chaupati
safha napa

विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो दिन ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालका लागि युवा ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् ।

वैशाखमा नेपालमा भएको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा उत्कृष्ट ओपनरको भूमिका निर्बाह गर्दै पहिलो पकट एकदिवसीय टोलीमा परेका आशिफले ओडीआईमा करिअरको पहिलो अर्धशतक बनाएका हुन् ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालका लागि ओपनिङमा आएका आशिफले ६२ बलमा ५ चौकासहित ५० रन पूरा गरेका हुन् ।

मंगलबार भएको अमेरिकाविरुद्धको खेलमा कुशल भुर्तेलसँग ६६ रनको साझेदारी गर्दै आशिफ २३ रन बनाएर पेभेलियन फर्केका थिए । तर, ओमानविरुद्ध अहिले जारी खेलमा ओपनर जोडी कुशललाई खाता नखोल्दै गुमाएका आशिफले कप्तान ज्ञानेन्द्र मल्लसँग ५८ र रोहित पौडेलसँग ३० रनको साझेदारी गर्दै अर्धशतक पूरा गरे ।

अहिले १९.३ ओभरको खेल सकिँदा नेपाल ८८र२ को अवस्थामा छ । नेपालका लागि आशिफ ५२ र रोहित १२ रन बनाएर खेलिरहेका छन् ।

 


२९ भदौ २०७८, मंगलवार १८:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु