कञ्चनपुरमा एक पुरुषको शव फेला

कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ। सोमबार बेलुकी पहिचान नखुलेको अन्दाजी ४०र४५ वर्षका पुरुषको शव फेला परेको प्रहरीले बताएको छ।

जिल्लाको भीमदत्त नगरपालिका –११ भुजेला साईवन नहरमा कम्मरभन्दा तल टाउकोसम्मको भाग पानीमा डुबेको घोप्टो अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार मृत फेला परेका ती पुरुषले कालो टाउजर, खैरो सर्ट लगाएको, उचाई ५र६ ईन्च र वर्ण गहुगोरो रहेको छ।

शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

 


२९ भदौ २०७८, मंगलवार ०८:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु