‘जातको प्रश्न’को दोस्रो सिजन सुरु हुँदै

समता फाउण्डेशनले शुरु गरेको ‘जातको प्रश्न’को दोस्रो सिजन आउँदो अक्टोबर ८ देखि शुरु हुने भएको छ । फाउण्डेशनले जातलाई सबैको साझा मुद्दा बनाएर सबै जातजातिले यसमा संवाद गर्नुपर्ने बताउँदै आज एक कार्यक्रमका बीच दोस्रो सिजनको शुभारम्भ गरेको हो ।

कार्यक्रममा महानायक राजेश हमालले जतिसुकै राम्रो संविधान बनाए पनि जातीय समस्या व्यवहारमा उतार्न ठूलो चुनौति रहेको बताए । उनले एक मानवले अर्को मानवमाथि गरेको विभेदले आफूलाई सताइरहेको बताए ।

कार्यक्रममा अभिनेता दयाहाङ राईले जातको आधारमा गरिने विभेद कुनै एउटा समुदायको मात्रै चासोको विषय नभएको बताए ।उनले समाजमा जातकै आधारमा विभेद गरिनु समाजकै ठूलो समस्या भएको बताए ।


२६ भदौ २०७८, शनिवार १७:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु