कांग्रेसले बोलायो संसदीय दलको बैठक

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।बुधबार बोलाइएको संसद बैठकका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो।

बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ। संसद भवनको ल्होत्से हलमा बैठक बस्ने भएको छ।

संसद बस्नु अघि संसदीय दलको बैठक बस्ने कांग्रेसको परम्परा बनेको छ।बुधबार अपरान्ह ४ बजेका लागि संसदको बैठक डाकिएको छ।


२१ भदौ २०७८, सोमवार १८:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु