punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्वास्थ्यकर्मीको मोटरसाइकल दुर्घटनामा मृत्यु

Chaupati
safha napa

जाजरकोटको भेरी नगरपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीको कोभिड खोप बोकेर आउँदै गर्दा मोटरसाइकल दुघर्टनामा परी मृत्यु भएको छ ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र –८ मुरुमा कार्यरत सि.अ.हे.व. गोपाल बहादुर कार्की खोप लिएर आउने क्रममा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो । भेरी नगरपालिकाका अनुसार कार्की मोटरसाइककमा खोप लिन आउँदै थिए ।

कोभिड– १९ विरुद्धको दोश्रो चरणको खोप लिएर स्वास्थ्य चौकी –९ स्थित भुर बाट फर्कने क्रममा वडा नं ८ र ९ को सिमानामा रहेको झुप्रा खोला नजिकैको भीरमा १६ गते साँझ मोटरसाइकल दुर्घटना हुदाँ उनको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।नगरप्रमुख सिपी घर्तीले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति शोक व्यक्त गरेका छन् ।


१९ भदौ २०७८, शनिवार १६:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु