punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली काठमाण्डाै आइपुग्याे

Chaupati
safha napa

नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली आज नेपाल आइपुगेको छ । २५ सदस्यीय भारतीय टोली पौने ४ बजे काठमाण्डौ आइपुगेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले उज्यालोलाई जानकारी दिए ।

नेपाल र भारतले यही भदौ १७ र २० गते अर्थात् आउँदो बिहीवार र शनिवार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्दैछन् । असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनशिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

नेपालसँगको खेलको लागि भारतले सुनिल क्षेत्रीसहितको २५ सदस्यीय टोली घोषणा गरिसकेको छ । नेपाली टोलीले पनि पोखरामा अभ्यास गरिरहेको छ ।

नेपाल र भारतबीच अहिलेसम्म १९ वटा खेल भएकोमा भारतले १३ खेलमा जित हासिल गरेको छ । नेपाल दुई खेलमा विजयी भएको छ । चार खेलमा बराबरी भएको छ ।


१४ भदौ २०७८, सोमवार १८:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु