punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्त्रालय बाँडफाँड गर्न माधव नेपालसहित गठबन्धन बैठक जारी

Chaupati
safha napa

मन्त्रालयको भागबन्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ।प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा सुरु बैठकमा जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल छन्।

आइतबार बिहान र साँझ दुईपटक बैठक बसे पनि मन्त्रालय भागबन्डाका विषयमा सहमति नजुटेपछि अहिले पुनः गठबन्धनका नेताहरूको बैठक बसेको हो।प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भने समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताएका छन्।

गठबन्धनका दलबीच कुन दलले कति मन्त्रालय लिने भन्नेमा सहमति भएपछि आजै सम्बन्धित दलले मन्त्री बन्नेहरूको नाम दिने र मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ।एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरूको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई हिजै दिइसकेको छ। यस्तै जसपाले आजै बैठक बसेर नाम टुंगो लगाउने स्रोतले जनाएको छ।

जसपामा राजेन्द्र श्रेष्ठले सरकारको नेतृत्व गर्ने सम्भावना उच्च छ। यस्तै मोहम्मद इस्तियाक राई, महेन्द्र राय यादव र रेनु यादव फुलमन्त्री हुनेछन्। जसपाले ४ मन्त्री र एक राज्यमन्त्री पाउने लगभग समझदारी छ।


१४ भदौ २०७८, सोमवार १०:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु