punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा बाढीपहिरोले एकको मृत्यु, चार बेपत्ता

Chaupati
safha napa

दार्चुलाका विभिन्न भेगमा आइतबार राति बाढीपहिरोमा परी एक जनाको मृत्यु हुनुका साथै चार जना बेपत्ता भएका छन् । बाढीले घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ ।

दुहु गाउँपालिका–१ बासपालिकामा पहिरोले घर पुर्दा स्थानीय नरसिंह महरको मृत्यु भएको छ । उनकी पत्नी बेपत्ता छिन् । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले उनीहरू पुरिएका हुन् ।

स्थानीय प्रेमराज जोशीका अनुसार सोही गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले मनुवा डँडाल बेपत्ता छन् । कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डँडाललाई घरैसहित बगाएको हो । घटनामा उनकी पत्नी उजेली घाइते छिन् ।

सोही ठाउँका अर्का स्थानीय जनकराम पार्कीको घाइते अवस्थामा उद्धार गरिएको छ । बाढीमा पाँचवटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल पनि बगेका छन् ।

त्यस्तै वडा नम्बर ३ नबर निजमगाडमा बाढीले दुई जना बेपत्ता छन् । निजमगड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्कीलाई बगाएको हो । कार्की दाजुभाइले पसल सञ्चालन गर्दै आएका थिए ।

स्थानीय भोजराज जोशीका अनुसार सोही बाढीले दार्चुला–तिंकर सडक मोटरेबल पुल, दुइटा झोलुंगे पुल र एउटा पसल बगाएको छ । पुल बग्दा दुहु र व्यास गाउँपालिकाको सम्बन्ध विच्छेद भएको छ ।

निजमगाड खोलाकै बाढीले महाकाली नगरपालिका–१ सिरिबगरका तीनवटा घर र एउटा पसल बगाएको छ । सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर बेपत्ताहरूको खोजी गरिरहेका छन् ।


१४ भदौ २०७८, सोमवार ०९:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु