जानकी गाउँपालिका अध्यक्षको मृत्यु

बाँकेको जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको छ। उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

रक्तसम्बन्धी रोगबाट पीडित यादवलाई उपचारका लागि शुक्रबार साँझ अस्पताल लगिएको थियो । गएराति उनको मृत्यु भएको गाउँपालिकाका राजनीतिक सल्लाहकार किशोर थापाले जानकारी दिए।

स्थानीय तहको निर्वाचनमा उनी नेकपा (एमाले) का तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।


१२ भदौ २०७८, शनिवार ०८:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु