punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डेभ वाटमोरले त्रिदेशीय श्रृङ्खलापछि औपचारिक रुपमा छोड्ने

Chaupati
safha napa

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले त्रिदेशीय श्रृङ्खलापछि औपचारिक रुपमा छोड्नु हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)लाई हिजो इमेलमार्फत राजीनामा पत्र पठाएका वाटमोरले नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग–२ को श्रृङ्खलापछि नेपाली टोलीबाट बाहिरिने जानकारी दिए ।

वाटमोरले पारिवारिक कारण देखाउँदै नेपाली टोलीबाट बिदा लिन चाहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताए ।

वाटमोर त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलाका लागि ओमानमा हुनुहुन्छ । त्रिदेशीय श्रृङ्खला भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ ।


१२ भदौ २०७८, शनिवार ०८:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु