punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

Chaupati
safha napa

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। धनगढीको मुख्य सडकअन्तरगत लक्ष्मीनारायण चोक नजिक से ६ प ५४९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोटरसाइकल चालक दिनेश राना र मोटरसाइकलमा सवार कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ का १८ वर्षीय विकाश राना घाइते भएका हुन्।

उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए।


१२ भदौ २०७८, शनिवार ०९:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु