punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारमा जाने विषयमा छलफल भएको छैन : महन्थ ठाकुर

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जनाएको छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिरहेका बेला नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा आफ्नो पार्टीसँग कुनै छलफल नभएको प्रष्ट्याएका हुन् ।

शुक्रबार बबरमहलस्थित आफ्नै पार्टीको केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टी दर्ता नै भर्खर भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आफूहरुले आवश्यक निर्णय गर्ने पनि स्पष्ट पारे । उनले भने, ‘पार्टी दर्ता नै भर्खर भएको छ ।

त्यसपछि पनि हामीलाई बोलाउनु हुन्छ, सोध्नुहुन्छ अनि कुरा राख्छौँ । जानेरनजाने कुरा त मैले भनिसके नि । हाम्रो पार्टी हामी कतिचोटी भेटिसकेका छौ नि, सामूहिक रुपमा पनि भेटी राखेका छौं । अलग–अलग पनि भेटेका छौ ।

तर कुनै पनि छलफलमा सरकारमा जाने विषयमा छलफल भएको थिएन । किनकि हाम्रो पार्टी निर्माण गर्ने, स्थापना गर्ने कुरा चलिरहेको थियो । त्यसैले सरकारसँग यि कुराहरु पनि उठ्ला वा शेरबहादुरजीले सोध्नुहुन्छ भने हामी यो विषयमा कुरा गर्छौ ।’

अध्यक्ष ठाकुरले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरिनसकेको स्पष्ट पारे । उनले सञ्चारकर्मीमाझ भने, ‘हामी सत्तारुढ गठबन्धनमा छैनौं । चुनाव घोषणा भएपछि त्यस विषयमा पनि विचार गरौंला ।’

 


११ भदौ २०७८, शुक्रवार १७:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु