punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निधिको सम्पर्क कार्यालय उद्घाटनमा देउवाको गृहजिल्लाका सभापति पनि सहभागी

Chaupati
safha napa

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सम्पर्क कार्यालय सन्चालनमा ल्याएका छन् । १४औं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका निधिले शुक्रबार सम्पर्क कार्यालय सन्चालनमा ल्याएका हुन् ।

थापागाउँस्थित काठमाडौँ बैंक्वेटमा शुक्रबार कार्यालयको उद्घाटन गरेको हुन् । वर पिपलको बोटमा पानी हालेर उनले सम्पर्क कार्यालयको उद्घाटन गरे ।

निधिको सम्पर्क कार्यालय उद्घाटनमा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका सभापति पनि सहभाग थिए । उनीसँगै धनुषा, नुवाकोटलगायत जिल्लाका सभापति पनि सम्पर्क कार्यालय उद्घाटनमा देखिए ।

१३औं महाधिवेशनमा देउवालाई साथ दिएका निधिले १४औं महाधिवेशनमा उनलाई नै टक्कर दिन सभापतिको उम्मेदवारा बन्ने घोषणा गरेका हुन् । १४औं महािधिवेशनमा वर्तमान सभापति देउवाले पनि नेतृत्वमा दोहोरिने इच्छा व्यक्त गरेका छन् ।


११ भदौ २०७८, शुक्रवार १४:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु