कैलालीमा निषेधाज्ञा लम्बियो

कैलालीमा जारी निषेधाज्ञालाई स्थानीय प्रशासनले निरन्तरता दिएको छ ।  जिल्लामा कोरोना संक्रमणदर कायमै रहेकाले कैलाली प्रशासनले  अर्को आदेश नआएसम्मका लागि  निषेधाज्ञालाई निरन्तरता दिएको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको  अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो । यस अघि जारी गरेको  निषेधाज्ञा बिहीबार ती १२ बजे सकिदै छ ।

No description available.


१० भदौ २०७८, बिहीवार १८:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु