सुदूरपश्चिममा ५१ जना कोरोना संक्रमणमुक्त

सुदूरपश्चिममा ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ५१ जना सोमबार निको भएका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना पुष्टि भएको छ । ७७४ जनाको नमूना परीक्षण गर्दा १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ ।


७ भदौ २०७८, सोमवार १८:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु