लागु औषधसहित २ जना पक्राउ

लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चेकजाँच गर्ने क्रममा बसमा सवार पोखरा –९ का आशिष गुरुङ र मेनुका परियारलाई नवलपरासी पूर्वको कावासोती–१६ स्थित चालीस किलो जंगलबाट प्रहरीले जनाएको छ ।

प्रहरीले चेकिङका क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ४ ख ६७७० नम्वरको बसबाट दुबै जनालाई नुर्फिन ५० एम्पुल, फेनारागन ५० एम्पुल, डाईजेपाम ५० एम्पुल सहित पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए ।

 

 


७ भदौ २०७८, सोमवार १८:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु