punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तालिबानमाथि फेसबुक र युट्युबको प्रतिबन्ध

Chaupati
safha napa

दुई दशकपछि इस्लामिक कट्टरपन्थी तालिबान अफगानिस्तानमा पुनः सत्तामा आएसँगै सोसल मिडिया कम्पनीहरुमाथि पनि स्वयं तालिबान तथा सम्बन्धित सामग्रीहरुमाथि कस्तो व्यवहार गर्ने भन्ने निर्णय गर्ने दबाब बढिरहेको छ । सबैभन्दा ठूलो सोसल मिडिया प्लाटर्फम फेसबुक र भिडियो स्ट्रिमिंग प्लाटर्फम युट्युबले चाहिं तालिबानमाथिको प्रतिबन्धलाई कायमै राख्ने भएका छन् । फेसबुकका अनुसार खतरनाक व्यक्ति तथा संगठनप्रतिको नीतिअन्तर्गत तालिबान लामो समयदेखि फेसबुकमा प्रतिबन्धित रहेको छ ।

तालिबानको प्रसंसा गरिएका सामग्रीहरुमाथि सक्रियरुपमा प्रतिबन्ध लगाइनुका साथै अवस्थाको अनुगमनका लागि अफगान विज्ञहरुको टिम खटाइएको फेसबुकका प्रवक्ताले जनाएका छन् । तालिबानलाई फेसबुकका सेवाहरुबाट बञ्चित गरिनुका साथै तालिबानसँग सम्बन्धित सबै अकाउन्ट डिलिट गरिने छ ।

साथै तालिबानको समर्थनमा पोस्ट गर्नेहरुका फेसबुक अकाउन्टमाथि पनि प्रतिबन्ध लगाइनेछ । फेसबुकसँग दारी र पास्तोभाषाका विज्ञहरुको एक समूह रहेको र त्यसले अफगानिस्तानको स्थानीय सामग्रीहरुमाथि निरन्तर निगरानी गर्दै सूचित गरिरहेको पनि फेसबुकको भनाइ छ ।

फेसबुकका अनुसार पछिल्लो केही वर्षदेखि तालिबानका कतिपय नेताहरुका साथै प्रवक्ता समेत फेसबुक प्रयोग गर्दै आएका छन् र उनीहरुका लाखौँको संख्यामा फलोअर्स छ । तथापि अब तालिबानसँग सम्बन्धित सबैको फेसबुकमा प्रतिबन्ध लगाइनेछ ।

फेसबुक मात्र नभइ फेसबुक मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपमा पनि तालिबानलाई प्रतिबन्ध लगाइएको फेसबुकले जनाएको छ । उता यसअघि अमेरिकी सरकारको विदेशी आतंककारी संगठनको परिभाषाका आधारमा तालिबानमाथिको प्रतिबन्धको निर्णय गर्ने निर्णय गरेको युट्युबले अन्ततः तालिबानमाथि प्रतिबन्ध लगाउने आफ्नो नीतिलाई कायमै राख्ने भएको छ ।

युट्युब प्रवक्ताका अनुसार तालिबानद्वारा सञ्चालित तथा स्वामित्व राखिएको विश्वास गरिएका सबै युट्युब अकाउन्ट निस्तेज बनाइनेछ । यो कार्य कम्पनीको लामो समयदेखिकै नीति रहेको उनले बताए । उता तालिबान प्रवक्ताले भने आफ्नो दशौँ लाख फलोअर्स भएको ट्वीटर अकाउन्टको प्रयोग गरी नयाँ नयाँ सूचना तथा समाचारहरु सार्वजनिक गर्ने गरेका रोयटर्सले जनाएको छ ।

यस विषयमा जिज्ञासा राख्दा ट्वीटरका अधिकारीले हिंश्रक संगठनहरु विरुद्ध आफ्नो नीति कायमै रहेको बताए पनि तालिबानप्रति कस्तो नीति अख्तियार गर्ने भन्ने बारेमा केही खुलाएनन् । बिजनेस इनसाइडरसँगको कुराकानीमा ट्वीटरका प्रवक्ताले भनेका छन् – अफगानिस्तानको अवस्था निकै तीव्र रुपमा विकसित भैरहेको छ ।

हामीले अफगानिस्तानमा सहयोग तथा सहायताको खोजीका लागि ट्वीटरको प्रयोग गरिरहेका मानिसहरु पनि देखिरहेका छौँ । ट्वीटरको उच्च प्राथमिकता भनेको मानिसहरुलाई सुरक्षित राख्नु हो र हामीहरु सतर्क छौँ । हामी हाम्रा नियमहरु कार्यान्वयनका लागि सक्रिय रुपमा लागिरहन्छौँ र ट्वीटरको नीति उल्लंघन गर्नसक्ने सामग्रीहरु खासगरी हिंसालाई बढावा पबर्द्धन गर्ने, प्लाटर्फमको दुरुपयोग गर्ने तथा स्पामहरुको समीक्षा गर्दछौँ ।


३ भदौ २०७८, बिहीवार १३:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु