कांग्रेसको तल्लो तहको अधिवेशन स्थगित

काठमाडौं। नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन स्थगित गरिएको छ। शनिबार बसेको पदाधिकारी बैठकले साउन १२ गतेदेखि हुने तल्लो तहका अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। भदौ १६देखि १९गतेसम्म हुने केन्द्रीय महाधिवेशनको मिति भने यथावत रहने नेता अर्जुननरसिंह केसीले बताए। पदाधिकारी बैठकको निर्णय र क्रियाशील सदस्य छानवीन प्रतिवेदन केन्द्रिय कमिटीमा छलफल हुने र त्यसले कार्यतालिका संशोधन गर्ने केसीले जानकारी दिए।


९ साउन २०७८, शनिवार १५:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु