punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

Chaupati
safha napa

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० वर्षीया महेश्वरीदेवी जोशीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी ईन्स्पेटर कमलराज चौधरीले जानकारी दिए ।

विहीबार विहान गाँउ नजीकैको पिन्तोसी भिरमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाईते भएकी जोशीको राती जिल्ला अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनका तीन वर्षीया नाबालिकासहित तीन छोरी र एक छोरा छन् । स्थानीयका अनुसार उक्त भीरबाट लडेर हालसम्म जयपृथ्वी नगरपालिका वडा नम्बर ११ धामीलेकका मात्रै पाँच जना महिलाको मृत्यु भएको छ ।।


८ साउन २०७८, शुक्रवार १५:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु